यूहन्ना 18:3-12
Nepali Bible: Easy-to-Read Version
3 यहूदाले एकदल सेनाहरू लगेर त्यसै बगैंचातिर गयो। यहूदाले मुख्य पूजाहारीहरू र फरिसीहरूबाट पनि केही सिपाहीहरू ल्याएको थियो। तिनीहरूले मशाल, बत्ती र हतियारहरू बोकेर आएका थिए।
4 येशू यी सबै घट्नाहरू उहाँमाथि हुनेछ भनेर जान्नु हुन्थ्यो। येशूले बाहिर आएर सोध्नु भयो, “तिमीहरू कसलाई खोजी रहेकाछौ?”
5 ती मानिसहरूले भने, “नासरतको येशूलाई।”
येशूले भन्नुभयो, “म येशू हुँ।” यहूदा जो येशूका विश्वाघातक त्यहीं उभिरहेको थियो। 6 जब येशूले भन्नुभयो, “म येशू हुँ,” तब मानिसहरू पछि पछि हटे अनि भूइँमा लोटे।
7 येशूले तिनीहरूलाई फेरि सोध्नु भयो, “तिमीहरू कसलाई खोजिरहेको छौ?”
मानिसहरूले भने, “नासरतको येशूलाई।”
8 येशूले भन्नुभयो, “मैले तिमीहरूलाई भने म येशू हुँ। यसर्थ तिमीहरूले मलाई नै खोजिरहेका हौ भने, यी अरू मानिसहरूलाई जानदेऊ।” 9 उहाँले यो भन्नुभयो ताकि उहाँले जे भन्नुभएको थियो त्यो पूरा हुन सक्यो, “तपाईंले मलाई दिनुभएको मध्ये कसैलाई पनि गुमाईनँ।”
10 शिमोन पत्रुसकोमा एउटा तरवार थियो। उसले तरवार निकालेर मुख्य पूजाहारीको नोकरलाई प्रहार गर्यो। पत्रुसले त्यसको दाहिने कान काटिदियो। त्यस नोकरको नाउँ माल्ख थियो। 11 येशूले पुत्रसलाई भन्नुभयो, “तिम्रो तरवार म्यानमा राख! संकटको कचौरा पिताले मलाई दिनुभएको छ, के मैले त्यो नपिउँनु?”
अन्नास्को अगाडि येशूलाई लगियो
(मत्ती 26:57-58; मर्कूस 14:53-54; लूका 22:54)
12 त्यसपछि सिपाहीहरू र तिनीहरूका सेनापति अनि यहूदीका हाकिमहरूले येशूलाई पक्रे।
Read full chapter© 2004, 2010 Bible League International