लूका 5:1-11
Nepali Bible: Easy-to-Read Version
पत्रुस, याकूब र यूहन्ना येशूको पछि लागे
(मत्ती 4:18-22; मर्कूस 1:16-20)
5 येशू गनेसरेत झीलको किनारमा उभिनु भयो। उहाँको वरिपरि धेरै मानिसहरू भीड लाग्दै थिए। तिनीहरू परमेश्वरको वचन सुन्न चाहन्थे। 2 येशूले झीलको किनारमा दुइवटा डुङ्गा देख्नु भयो। माछावालाहरू डुङ्गाबाट निस्केर तिनीहरूको माछा मार्ने जालहरू धुँदै थिए। 3 उहाँ एउटा डुङ्गामा चढ्नु भयो जुन शिमोनको थियो अनि उसलाई त्यो डुङ्गालाई किनारको अलिक छेउमा लाउन लागाउनु भयो। तब उहाँ त्यसमा बस्नु भयो अनि मानिसहरूलाई सिकाउन थाल्नु भयो।
4 जब येशूले आफ्नो भनाई सक्नु भयो, उहाँले शिमोनलाई भन्नु भयो, “यो डुङ्गालाई गहिरो पानी तिर लैजाऊ अनि माछा मार्नु जाल फिँजाऊ।”
5 शिमोनले उत्तर दिए, “गुरूज्यू हामीले सारा रात परिश्रम गर्यौं र पनि एउटै माछा समात्न सकेनौं। तर तपाईंले भन्नुभएको कारण, म जाल फिजाउँछु।” 6 तिनीहरूले आफ्नो जाल पानीमा फ्याँके। तिनीहरूको जाल भरी माछ परेर जाल फाट्न आँटेको थियो। 7 तिनीहरू अरू डुङ्गामा भएका आफ्ना साझेदारहरूलाई पनि सहायताको लागी संकेत दिए। साझेदारहरू आए अनि डुङ्गामा यति माछा लादे कि डुङ्गाहरू डुब्न थाले।
8-9 थुप्रै माछाहरू समातेकोमा माछावालाहरू सबै नै छक्क परेका थिए। जब शिमोन पत्रुसले यी सब देखे, तिनले येशूको अघि दण्डवत गरे अनि भने, “मदेखि टाढा जानुहोस्, परमप्रभु। म पापी मानिस हुँ।” 10 जब्दीका पुत्रहरू याकूब र यूहन्ना पनि छक्क परे। याकूब र यहून्ना शिमोनसँगै माछा मार्दैं थिए।
येशूले शिमोनलाई भन्नुभयो, “डराउनु पर्दैन अब उसो तिमीहरू माछा मार्ने छैनौ तर मानिसहरू समात्ने छौ।”
11 तिनीहरूले आफ्ना डुङ्गाहरू किनारमा ल्याए। अनि तिनीहरूले ती सबै छोडेर येशूको पछि लागे।
Read full chapter© 2004, 2010 Bible League International